नियम १४
मूल नियमावलीको नियम ३८ मा संशोधन
मूल नियमावलीको नियम ३८ को
उपनियम (१) मा रहेका “निर्धारित कार्यमा खर्च गर्नुपर्नेछ” भन्ने शब्दहरूको सट्टा “अधिकार प्राप्त अधिकारीले निर्धारित कार्यमा रकम खर्च गर्नु पर्नेछ वा सम्बन्धित विषयगत शाखा वा कार्यालयको प्रमुखलाई खर्च गर्ने अख्तियारी दिनु पर्नेछ” भन्ने शब्दहरू राखिएका छन् ।